आगो निभाउँदा गम्भीर घाइते भएका भुलको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खेम राज ओझा

१४  फाल्गुण २०७७ डोटी

आगलागीमा परेर गम्भीर घाइते भएका शिखर नगर पालिका –७ का लक्षुवा भुलको उपचारको क्रममा मृत्यु भएको छ । सोही नगर पालिका–७ को शिल्या खोला डाँडाको जंगलमा लागेको आगो निभाउने क्रममा बिहीबार साँझ अन्दाजी ६५ वर्षीय भुल गम्भीर घाइते भएका  थिए ।

स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएका भुलको दुवै खुट्टाको घुँडाको छाला जलेर निस्केको, दुवै हत्केलाको पछाडि, टाउको, निधार र मुखमा जलेको अवस्थामा अस्पतालमा पुर्याइएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले हाम्राकुरालाई जानकारी दिए । मृतक भुललाई  पोस्टमार्टमका लागि  जिल्ला अस्पताल डोटीमा ल्याइएको प्रहरी  प्रहरी नायव उपरीक्षक मल्लले बताए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Warning: file_get_contents(index.php): failed to open stream: No such file or directory in /home/u718335238/domains/samraikhabar.com/public_html/wp-includes/plugin.php on line 452