आजका लागि संवैधानिक इजलास स्थगित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि आज बस्ने भनिएको संवैधानिक इजलास नबस्ने भएको छ। सर्वोच्च अदालतले संवैधानिक इजलासको पेशी सोमबारका लागि तोकेको छैन ।

प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको माग गर्दै परेका रिटमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलासको विवाद चलिरहेका बेला आज इजलास नबस्ने भएको छ ।
कांग्रेस सभापति शेरवहादुर देउवासहितका रिट निवेदकको मुद्दाको सुनुवाइ आज स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरामी परेका कारण आज संवैधानिक इजलास गठन हुन नसकेको सर्वोच्च स्रोतले जनाएको छ ।
प्रधानन्यायाधीश राणाको स्वास्थ्यमा के समस्या भएको हो भन्नेचाहिँ खुलिसकेको छैन। सर्वोच्च स्रोतका अनुसार संवैधानिक इजलासको अर्को पेसी बुधबार तोकिनेछ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Warning: file_get_contents(index.php): failed to open stream: No such file or directory in /home/u718335238/domains/samraikhabar.com/public_html/wp-includes/plugin.php on line 452