गणतन्त्र दिवसको अवसरमा डोटी कारागारका एक कैदीलाइ आममाफी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चक्र कुँवर, १५ जेठ, डोटी । गणतन्त्र दिवसको अवसरमा डोटी कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीलाई आममाफी दिइएको छ ।

सरकारले गणतन्त्र दिवसको अवसरमा ५० प्रतिशतभन्दा बढी कैद सजाय भुक्तान गरिसकेका र आचरणमा सुधार आएका कैदीहरुलाई आममाफी दिने गर्छ ।

कारागारले गरेको सिफारिसका आधारमा एक जना कैदीको बाँकी कैद सजाय राष्ट्रपतिले मिनाहा गरेकी हुन् । कैद मिनाहा पाउनेमा सवारी ज्यान मुद्धाका कैदी रहेको डोटी कारागारका प्रमुख जेलर लाल बहादुरवोगटीले जानकारी दिएका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Warning: file_get_contents(index.php): failed to open stream: No such file or directory in /home/u718335238/domains/samraikhabar.com/public_html/wp-includes/plugin.php on line 452