ज्ञानेन्द्र शाहको चिन्ता– अवस्था विकराल नहोस्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मनसुन प्रारम्भमात्र भएको यो समयमा नै यति धेरै क्षति पुग्नेगरी बाढी पहिरो आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले आज एक वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।

“मनसुन प्रारम्भमात्र भएको यो समयमा नै यतिधेरै क्षति हुन पुग्यो भने तीव्र वर्षात् आउने समयमा अझ के के हुने हो ? यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनीकरण गर्नेतर्फ जिम्मेवार बन्नुपर्ने हुन्छ,” उनले वक्तव्यमा भनेका छन्, “प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकाले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवम् राहतकारी व्यवस्था मिलाउने विषयमा सबै पक्षको गम्भीर ध्यान जानुपर्ने देखिन्छ ।

अवस्था विकराल नहोस्, अपार क्षति नहोस् र जनकल्याणकारी प्रबन्ध प्रभावकारीरुपमा होस् भन्ने हाम्रो आग्रह छ ।”


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Warning: file_get_contents(index.php): failed to open stream: No such file or directory in /home/u718335238/domains/samraikhabar.com/public_html/wp-includes/plugin.php on line 452