डोटीको पूर्वीचौकी गाउँपालिकामा अक्सिजन सहितको अस्पताल स्थापना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२५ बैशाख, डोटी – डोटीको पुर्वीचौकी गाउपालीकामा अक्सीजन कन्सनटेटर सहितको कोरोना अस्पताल स्थापना गरियको छ । अक्सीजन कन्सनटेटर सहितको चार बेडको अस्पताल सानागाउं स्वास्थ्य चौकिमा स्थापना गरि शनिवार वाट सञ्चालनमा आयको गाउपालीकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर खड्काले जानकारि दियका छन् ।

यसै विच पूर्वीचौकी गाउँपालिकाले अक्सिजन सहित ३५ शैययाको आइसोलेसन निर्माण गर्ने भएको छ । कोरोना भाइरसको दोश्रो चरणमा संक्रमण फैलिँदै गए पछि गाउँपालिकाले आइसोलेसन बनाउने भएको हो ।

यसका लागी आवश्यक पर्ने सामग्रीहरुको ब्यवस्थापन भैरहेको र छिट्टै सञ्चलनमा आउने प्रशासकीय अधिकृत खड्काले वतायका छन् । गाउँपालिकाको केन्द्र सानागाउँमा रहेको सरस्वती आधारभूत विद्यालयलाई आइसोलेसन बनाउने निर्णय कार्यपालिकाबाट गरिएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए ।

उनले आइसोलेसन निर्माणका लागि अस्पतालमा प्रयोग हुने ३५ वटा बेडहरू ल्याइ सकेको बताए । गाउँपालिकाले सञ्चालनमा ल्याएका दुई वटा बसहरूलाई पनि आवश्यकताका आधारमा एम्बुलेन्सका रूपमा प्रयोग गर्न सकिने गाउापालिकाले जनाएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments