डोटीमा अविरल वर्षाका कारण रुख ढल्दा विद्युत सेवा अवरुद्ध

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

३ अषाढ, चक्र कुँवर, डोटी । अविरल वर्षाका कारण डोटीको आदर्श गाउपालीकामा विद्युत लाइनमा रुख खस्दा विद्युत सेवा अवरुद्ध वनेको छ ।

गाउपालीकाको मौवामा रहेको ३३ केवी प्रसारण लायनको भुणमा पोल माथी सल्लाका रुखहरु खस्दा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण दिपायलका प्रमुख कपील जोशीले जानकारी दिनु भयो ।

लगातारको वर्षाका कारण विद्युत सुचारु गर्नमा निकै कठीनाइ भैरहेको समेत प्रमुख जोशीले वताएका छन् । विद्युतका पोल माथी रुख खस्दा त्यस क्षेत्रका आदर्श गाउपालीका र सायल गाउपालीकाका स्थानीय वासिन्दा विद्युत सेवा वाट बन्चीत भएका छन् ।

नियमित विद्युत प्रसाराण्का लागी पहल हुनुका साथै बैकल्पीक विधि वाट भए पनी सेवा दिनका लागी प्रयास भैरहेको डोटी वितरण केन्द्र दिपायलले जानएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments