डोटीमा साइन नेपालले दियो कोरोना संक्रमीत लाइ पौष्टिक आहार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चक्र कुँवर, २७ जेठ, डोटी । मानवीय सेवामा अनेकौ प्रयास (साइन नेपाल) संस्था धनगढीले १५० जना कोरोना संक्रमीत लाइ पौष्टिक आहार वितरण गरेको छ ।

डोटी जिल्लाको आदर्श गाउपालीका वडा नम्वर १ चासीका कारोना संक्रमीत लाइ पौष्टिक आहार वितरण गरिएको हो ।

साइन नेपालका अध्यक्ष भक्तराज जोशीले गाउपालीकाका स्वास्थ्य शाखा प्रमुख वमवहादुर खड्का मार्फत चासीमा रहेका कोरोना संक्रमीतहरुलाइ उक्त पौष्टिक आहार वितरण गरेका हुन् ।

वितरण गरिएको पौष्टिक आहारमा चना, अण्डा, काजु, चेमनप्रास, हर्लीक्स, तोरीको तेल, भिटामीन र औषधी लगायतका सामग्रीहरु रहेको संस्थाका अध्यक्ष भक्तराज जोशीले वताएका छन् ।

पौष्टिक आहार बुझ्दै पालीकाका स्वास्थ्य शाखा प्रमुख वमवहादुर खड्काले पौटिक आहारका सामाग्रीले संक्रमीतहरुको मनोवल उच्चहुने र संक्रमण वाट मुक्त हुन सहयोग पुग्ने र आगामी दिनमा पनी सहयोगको अपेक्षा रहेको वतायका छन् ।

पौष्टिक आहार प्राप्त भए पछी कोरोना संक्रमीतहरु खुसी हुदै संस्थाका अध्यक्ष भक्तराज जोशीलाइ धन्यवाद ज्ञापन गरेका ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Warning: file_get_contents(index.php): failed to open stream: No such file or directory in /home/u718335238/domains/samraikhabar.com/public_html/wp-includes/plugin.php on line 452