डोटी कांग्रेसले गर्यो स्वर्गाीय खड्काको सम्झनामा श्रद्धाञ्जली सभा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२७ जेठ, डोटी । निर्माण ब्यवसायी एवम कांग्रेसका युबा नेता स्व. देबेन्द्र खड्काको सम्झनामा नेपाली कांग्रेस डोटीले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

कोरोनाको संक्रमणबाट अकालमै ज्यान गुमाएका खड्काको सम्झनामा बिहिबार उनको निबास पुर्बिचौकि गाउपालीका वडा नम्बर १ फुलोटमा श्रदाञ्जली कार्यक्रमको आयोजना गरीएको हो ।

उनको तस्बिरमा मल्यापर्ण गर्दै सोक पुस्तिका समेत राखिएको छ । कार्यक्रममा कांग्रेस डोटीका पुर्ब कार्यवहाक सभापती राम प्रसाद उपाध्याय, जिल्ला सदस्य कुबेर खड्का, दिपायल सिलगढी नगरपालीका वडा नम्बर ८ का वडा अध्यक्ष राम बहादुर खड्का र पुर्बिचौकि गाउपालीका वडा नम्बर १ वडा अध्यक्ष अंक बहादुर खड्काले स्व. खड्काको निधनमा दुख ब्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली र परीवारजनमा समबेदना प्रकट गरेका थिए ।

कार्यक्रममा कांग्रेस डोटीका पुर्ब कार्यवहाक सभापती उपाध्यायले स्व. खड्काको निधनले डोटी कांग्रेसलाई अतुलनिय क्षति पुगेको बताए । निर्माण ब्यबसायि संघ डोटीका माहासचिब समेत रहनु भएको खड्काको बुधबार उपचारका क्रममा कैलालीमा निधन भएको थियो ।

समाज सेवामा सक्रिय रहदै सामाजिक अभियान्ताका रुपमा पनी परीचित खड्का जिल्लाकै कुसल निर्माण ब्यबसायिका रुपमा परीचित थिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Warning: file_get_contents(index.php): failed to open stream: No such file or directory in /home/u718335238/domains/samraikhabar.com/public_html/wp-includes/plugin.php on line 452