देउवा निवास पुगे दाहाल र नेपाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनका तीन शीर्ष नेताबीच छलफल भइरहेको छ । छलफलमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधवकुमार सहभागी छन् । स्रोतका अनुसार देउवालाई भेट्न पहिला नेपाल र पछि दाहाल पुगेका थिए ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको प्रस्तावमा झलनाथ खनाल र नेपाल समूहका सांसदको रिटमा प्रयोग भएको हस्ताक्षर फिर्ता लिने प्रस्ताव अघि सारेपछि उत्पन्न आशंका मेट्न गठबन्धनका नेताहरु छलफलमा जुटेको बताइएको छ ।

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा खनाल–नेपालसमूहका २३ सांसदको हस्ताक्षर छ । नेता नेपालले सोमबार बसेको आफ्नो समूहको स्थायी कमिटी बैठकमा हस्ताक्षर फिर्ता नहुने बताइसकेका छन् । त्यही विषयलाई आश्वस्त पार्न नेताबीच छलफल भएको हो ।

देउवा निवासको छलफल अघि दाहाल र नेपालबीच पनि भेटवार्ता भएको थियो । दाहालसँगको भेटमा नेपालले हस्ताक्षर फिर्ता नहुने प्रतिबद्धता जनाएका छन् । सभापति देउवाका सहयोगी भानु देउवाले प्रदेश २ र सुदूरपश्चिम सरकारबारे छलफल भएको बताए ।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिँदैछन् । प्रदेश २ मा भने ओली सरकारमा सहभागी भएको जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका मन्त्रीहरुलाई मुख्यमन्त्रीले बखार्स्त गरेपछि कांग्रेससँग सत्ता साझेदारीका लागि वार्ता चलिरहेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Warning: file_get_contents(index.php): failed to open stream: No such file or directory in /home/u718335238/domains/samraikhabar.com/public_html/wp-includes/plugin.php on line 452