नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन भनिएको छ । बैठकले पदाधिकारी बैठकले गरेका निर्णय स्वीकृत गर्नेलगायत निर्णय गर्ने बुझिएको छ ।

गएको शनिबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टीको महाधिवेशन भदौ १६ गतेदेखि काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Warning: file_get_contents(index.php): failed to open stream: No such file or directory in /home/u718335238/domains/samraikhabar.com/public_html/wp-includes/plugin.php on line 452