पहिरोमा परि डोटीमा दुई बालबालिकाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

डोटी : अवीरल वर्षाका कारण कारण डोटीमा पहिरोमा परेर दुई बालबालिकाको मुत्यु भएको छ ।

बिहिवार साँझ जिल्लाको दिपायल सिलगढी नगरपालिका-५ का ७ बर्षीय बालक बिनोद भण्डारी र ११ बर्षीया बालिका जेनिषा विष्टको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय डोटी प्रहरी प्रमुख दान बहादुर मल्लले बताउनु भएको छ ।

उनिहरुको दिपायल सिलगढी नगरपालिका-५ को चिसापानी भन्ने ठाउँ पहिरोमा पुरिएर मृत्यु भएको हो ।

बाख्रा चराउन गएका उनिहरु पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला माथिबाट पहिरो खस्दा च्यापिएका थिए ।

च्यापिएको थाहाँ भएपछि नेपाल प्रहरी, स्थानियले पहिरो पन्छ्याउदा उनिहरुको शव मृत फेला परेको हो ।

बुधबार मात्रै जिल्लाको केआई सिंह गाउपालिकाका ६५ वर्षीय पुरुषको पहिरोमा परि ज्यान गएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Warning: file_get_contents(index.php): failed to open stream: No such file or directory in /home/u718335238/domains/samraikhabar.com/public_html/wp-includes/plugin.php on line 452