प्रदेश २ मा नेपाली कांग्रेस बाट तीन जना मन्त्री नियुक्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद्को विस्तार गरेका छन् । बुधबार साँझ नेपाली कांग्रेसबाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झाले बुधबार राति शपथ ग्रहण गराएका छन् ।

प्रदेश २ कांग्रेस संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा सामेल भएका छन् ।

जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले सरकारबाट ठाकुर–महतो समूहका चारमन्त्री पदमुक्त गरेपछि मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद्‌मा बुधबार साँझ कांग्रेस सांसदहरुलाई सहभागी गराएका हुन् ।

यादवले भौतिक पूर्वाधार तथा यातायात, शर्माले ऊर्जा तथा खानेपानी र सिंहले महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व सम्हालेका छन् । धनुषाका यादव, पर्साका शर्मा र सर्लाहीका सिंह मन्त्री बनेका हन् ।

मन्त्री बनेका तीनै जना काँग्रेसको संस्थापन पक्षनिकट हुन् । संस्थापन पक्षभित्र पनि यादव र सिंह उपसभापति विमलेन्द्रनिधिनिकट हुन् भने शर्मा सभापति शेरबहादुर देउवासँग नजिक मानिन्छन् ।

यादव धनुषा ३ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी धनुषा काँग्रेसका जिल्ला सभापति पनि हुन् । पर्साका शर्मा समानुपातिक सांसद हुन् । उनी वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका छन् । शर्मा पूर्व सभासद समेत हुन् ।

सिंह सर्लाही क्षेत्र नं। ४ को (क) बाट निर्वाचित भएका थिए ।​ सिंह पहिले सांस्थापनइतरका काँग्रेस केन्द्रीय सदस्य अमरेश सिंहसँग निकट मानिएपनि पछिल्लो समय निधिसँग नजिकिएको पाइन्छ ।

 

facebook sharing button
twitter sharing button
whatsapp sharing button


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Warning: file_get_contents(index.php): failed to open stream: No such file or directory in /home/u718335238/domains/samraikhabar.com/public_html/wp-includes/plugin.php on line 452