प्रदेश २ मा मन्त्री सहित १० सांसदले छोडे महन्थ-राजेन्द्रको साथ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रदेश २ मा महन्थ ठाकुर-राजेन्द्र महतो समूहका १० प्रदेश सभा सांसदले उपेन्द्र यादव पक्ष रोजेका छन् । जसपाको ठाकुर समूहमा २५ जना सांसदमध्ये १० जनाले गुट परिवर्तन गरी उपेन्द्र यादव समूहमा गएपछि १५ जना मात्र पक्षमा रहेका छन् ।

प्रदेश २ मा जसपाका ५५ सांसद छन् । जसपा एकीकरणपूर्व उपेन्द्र यादव समूहका ३० जना र महन्थ ठाकुर समूहका २५ जना थिए । अहिले यादव समूहमा ४० र ठाकुर समूहमा १५ जना मात्र छन् ।

मन्त्री रहेका नवलकिशोर साहलगायतले ठाकुर समूह छाडेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाको महन्थ ठाकुर समूह सहभागी भएपछि केन्द्रमा निकै ठूलो विवाद चलिरहेको छ । त्यसको असर प्रदेश २ को सत्तासमिकरणमा पर्ने देखिएको छ ।

ठाकुर समूह प्रदेश २ मा कमजोर भएपछि केन्द्रको विवादको असर प्रदेशमा पर्न दिनुहुँदैन भन्दै महन्थ ठाकुरले आफूपक्षीय प्रदेशका नेताहरुलाई सक्रिय बनाएका छन् । तर, उपेन्द्र यादव ठाकुर समूहमाथि कडा बन्ने तयारीमा छन् ।

जसपाको ठाकुर समूहको कार्यकारिणी समिति यादव समुदाय रहित भइसकेको छ । तर, प्रदेश २ मा यादवको बाहुल्यता रहेकाले आगामी चुनावमा यसरी नै अगाडि बढेमा ठाकुरलाई ठूलो झट्का लाग्न सक्ने विश्लेषण भइरहेको छ ।

समाजवादी पार्टी नेपाल फुट्न लाग्दा राष्ट्रिय जनता पार्टीसँग एकता भएको थियो । एकतापछि जसपा बनेकोमा महन्थ ठाकुर समूहलाई संगठनमा ठूलो धक्का लागेको छ । उनको समूहका अधिकांश नेताहरुले साथ छाडेका छ ।

 


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Warning: file_get_contents(index.php): failed to open stream: No such file or directory in /home/u718335238/domains/samraikhabar.com/public_html/wp-includes/plugin.php on line 452