प्रदेश २ सरकारमा कांग्रेसको दाबीःविमलेन्द्र र उपेन्द्रबीच डेढ घण्टा संवाद

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रदेश २ को सरकार समीकरणका विषयमा कांग्रेस उपसभापति विमलेन्द्र निधि र जसपा अध्यक्ष उपेन्द्र यादवबीच डेढ घण्टा संवाद भएको छ । सो क्रममा प्रदेश २ सरकारको नेतृत्वका लागि कांग्रेसले दाबी गरेको छ ।

शुक्रबार बिहान कांग्रेस उपसभापति निधि र जसपा अध्यक्ष यादवबीच निधि निवास बानेश्वरमा डेढ घण्टा सम्भावित सत्ता समीकरणबारे छलफल भएको हो । भेटमा जसपा अध्यक्ष यादवले प्रदेश २ सरकारलाई केन्द्रमा जस्तै गठवन्धन बनाएर जोगाउनु पर्ने प्रस्ताव निधि समक्ष राखेका छन् ।

सो क्रममा कांग्रेस उपसभापति निधिले भने तीन वर्ष जसपाले प्रदेश सरकारको नेतृत्व गरिसकेको भन्दै बाँकी समय नेतृत्व कांग्रेसलाई दिन यादव समक्ष प्रस्ताव गरेको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।तर निधिको प्रस्तावलाई यादवले पहिले सरकारमा सहभागी भएर थप अवस्थाका विषयमा छलफल गरेर अघि बढ्न निधिलाई आग्रह गरे ।

निधिले प्रदेश २ कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका हुन् । जसपा अध्यक्ष यादवले कांग्रेस उपसभापति निधिसँग समसामयीक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताए । ‘समसामयिक घटनाक्रमका विषयमा छलफल भयो, प्रदेश २ सरकारका विषयमा पनि केही कुरा भए, केन्द्रको गठवन्धनलाई ध्यान दिने पक्षमा हामी सहमत छौं,’ भेटबारे जानकारी दिंदै यादवले हाम्राकुरासँग भने ।

हाल प्रदेश २ मा अहिले जसपाको समूहका लालबाबु राउत मुख्यमन्त्री छन् । जसपामा विवाद बढ्दै जाँदा महन्थ ठाकुर पक्षलाई सरकारबाट हटाउने यादव पक्षको तयारी छ । प्रदेश नम्बर २ मा हाल जसपाको एकल सरकार छ । जसपाको ठाकुर समूह प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने भएपछि यादव समूहले मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहेको छ ।

प्रदेश २ मा जसपाको यादव समूहका ३०, ठाकुर समूहका २५, नेपाली कांग्रेसका १९, एमालेका २१, माओवादी केन्द्रका ८ र संघीय समाजवादी पार्टीका एकजना सदस्य छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Warning: file_get_contents(index.php): failed to open stream: No such file or directory in /home/u718335238/domains/samraikhabar.com/public_html/wp-includes/plugin.php on line 452