वन मन्त्री आले सहित तीन जनाको मन्त्रालय खोसियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा सहभागी हुने भएपछि अहिले बहालवाला तीन मन्त्रीको जिम्मेवारी खोसिएको छ। जसपा ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा जान लागेको हो।

जसपाले पाउने ८ मन्त्रालयमध्ये ५ मन्त्रालय अहिले प्रधानमन्त्रीसँगै छ । जसपाले पाएको वन तथा वातावरण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हालिरहेका अहिलेका मन्त्री जिम्मेवारी विहीन हुने भएका हुन्। 

वन मन्त्री प्रेम आले, महिला तथा बालबालिका मन्त्री जुलीकुमारी महतो र भूमि व्यवस्था तथा सहकारी मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेको पद खोसिएको हो । उनीहरुका स्थानमा जसपाका क्रमशः एकवाल मियाँ, चन्दा चौधरी र लक्ष्मणलाल कर्ण नयाँ मन्त्री बन्दैछन्। 


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Warning: file_get_contents(index.php): failed to open stream: No such file or directory in /home/u718335238/domains/samraikhabar.com/public_html/wp-includes/plugin.php on line 452