सगरमाथा हेल्थ फाउण्डेसनले गर्यो डोटीमा स्वास्थ्य सामाग्री वितरण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चक्र कुँवर, २५ जेठ, डोटी । कारोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी सगरमाथा हेल्थ फाउण्डेसनले डोटीमा स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । फाउण्डेसनले जिल्ला अस्पताल, शिखर नगरपालीका र सायल गाउपालीका लाई स्वास्थ्य सामाग्रीहरु वितरण गरेको हो ।

जिल्ला कोभीड संकट ब्यवस्थापन समीतीका संयोजक एवम डोटीका प्रमुख जिल्ला अधिकारी सुनील खनालको उपस्थीतीमा स्वास्थ्य र पालीकालाइ सामाग्रीहरु हस्तान्तरण गरिएको फाउण्डेसनका संरक्षक एवम संस्थापक अध्यक्ष प्रेम शंकर भट्टले वताएका छन् ।

वितरण गरेका सामाग्रीहरुमा अक्सीपल्स मीटर, थर्ममीटर, पिपिइ, मास्क, औषधी, ग्लोब्स्, फेससील्ड लगायतका विभिन्न स्वास्थ्यका सामाग्रीहरु रहेको भट्टले जानकारी दिएका छन् । भट्टले डोटीका अन्य स्थानीय तहका लागी पनी आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरुका लागी पहल भैरहेको वताएका छन् ।

सामाग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुनील खनालले महामारीका वेल प्राप्त सामाग्रीले ठुलो सहयोग पुग्ने भन्दै सहयोगी संस्थालाइ धन्यवाद ब्यक्त गरेका छन् ।

कार्यक्रममा जिल्ला अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट कृष्ण राज जोशी, दिपायल सिलगढी नगरपालीकाका नगर प्रमुख मुञ्जु मलासी, शिखर नगरपालीकाका नगरप्रमुख सिताराम जोशी, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी लगायतको उपस्थीती रहेको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Warning: file_get_contents(index.php): failed to open stream: No such file or directory in /home/u718335238/domains/samraikhabar.com/public_html/wp-includes/plugin.php on line 452