सत्तारुढ एमालेको दुवैतिर हार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय सभा उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) पराजित भएको छ ।  राष्ट्रियसभा अन्तर्गत रिक्त दुई पदमा भएको निर्वाचनमा एमालेले हार बेहोरेको हो ।

लुम्बिनी प्रदेश अन्तर्गत आज भएको उपनिर्वाचनमा विपक्षी गठबन्धका उमेदवार दृगनारायण पाण्डे निर्वाचित भए । 

एमालेको प्रदेशसभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका पाण्डे निर्वाचित भएका हुन् । 

Agani Group

उनी कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीको तर्फबाट उमेदवार बनेका थिए । उक्त निर्वाचनमा एमालेका उमेदवार चन्द्रबहादुर खड्का पराजित भएका हुन् । 

सोमबार भएको निर्वाचनमा विपक्षी गठबन्धनका पाण्डेले ४१४० मतभार प्राप्त गरे भने खड्काले ३६१२ । पाण्डे ५२८ मत अन्तरले विजयी भएका हुन् । तत्कालीन नेकपा माओवादीबाट निर्वाचित सांसद चन्द्रबहादुर खड्का पार्टीमा फर्किएनन् ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविकको अवस्थामा फर्किए पनि खड्का एमालेतिर गएपछि माओवादीले उनलाई कारबाही गर्दा पद रिक्त भएको थियो । 

सोही उपनिर्वाचनमा एमालेको तर्फबाट उमेदवार बनेका खड्का पराजित भएका हुन् । दाङको घोराही उप–महानगरपालिकास्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । 

मतदानमा २९७ भोट खस्यो । जसमा प्रदेशको ८३ सदस्य र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष र नगरपालिका प्रमुख–उपप्रमुख २१४ जनाले मत हालेका थिए । मतदानमा स्थानीय तहका २१७ मतदातामध्ये तीन मतदाता अनुपस्थित भएका भए । 

त्यसैगरी जेठ ६ गते वाग्मती प्रदेश अन्तर्गत भएको निर्वाचनमा एमालेका नेता रामबहादुर थापा पाराजित भए । उनी पनि माओवादी नफर्किएपछि पार्टीले कारबाही गरेपछि रिक्त भएको पदमा उनी पुनः उमेदवार बनेका थिए । 

तर, उनलाई विपक्षी गठबन्धनका डा. खिमलाल देवकोटाले पराजित गरे । वाग्मतीमा एमाले एक्लैको मत हुँदा पनि बादल पराजित भएका थिए । एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले देवकोटालाई जिताउन भूमिका खेलेको थियो । 
 


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Warning: file_get_contents(index.php): failed to open stream: No such file or directory in /home/u718335238/domains/samraikhabar.com/public_html/wp-includes/plugin.php on line 452