साइन नेपालद्धारा बाजुराको बुढीगंगालाई स्वास्थ्य सामाग्री सहयोग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बाजुराः जिल्लाको बुढीगंगा नगरपालिकालाई आइतबार मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) धनगढीले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

नयाँ भेरियन्टको कोरोना भाइरसको दोस्रो लहर दिनप्रति दिन संक्रमण दर बढिरहेका बेला नगरपालिकालाई संक्रमित व्यक्तिहरुलाई उपचारमा सहज हुने गरी विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको साइन नेपालका अध्यक्ष भक्तराज जोशीले बताएका छन ।

उक्त संस्थाले कोभिड–१९ रिलिफ सपोर्ट परियोजना अन्तर्गत बुढीगंगा नगरपालिकालाई कन्सेन्ट्रेटर १० लिटर र ५ लिटर गरी २ वटा, नेबुलाइजर २ वटा, पल्स अक्सिमिटर ३ वटा, पिपिई लगायतका उपकरण तथा स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको नगर प्रमुख दिपक विक्रम शाहले बताएका छन् ।

उनले भने साईन नेपालबाट नगरपालिकालाई प्रदान गरिएको कन्सेन्ट्रेटरले अक्सिजनको कमी भएका बिरामीहरुका लागि उपचारमा निकै सहज हुने बताए । बुढीगंगा नगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेपछि साइन नेपाललाई नगरप्रमुख शाहले धन्यवाद व्यक्त गरेका छन् ।

अक्सिजनको कमी भएका बिरामीहरुका लागि कन्सेन्ट्रेटरले उपचारलाई निकै सहज हुने र कोरोना रोकथाम तथा नियन्त्रणका लागि संस्थाले गरेको सामाग्री सहयोग निकै उपयोगी हुने विश्वास लिएका छन् ।नगरपालिकालाई शनिबार युनिसेफ नेपालले पनि स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Warning: file_get_contents(index.php): failed to open stream: No such file or directory in /home/u718335238/domains/samraikhabar.com/public_html/wp-includes/plugin.php on line 452