सुदूरपश्चिममा खनाल–नेपाल समूहले जोगायो भट्ट नेतृत्वको सरकार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकमा उनको पक्षमा ३० र विपक्षमा ९ मत परेको हो ।

उनको पद नेकपा (एमाले)को खनाल–नेपाल समूहले जोगाइदिएको छ । ५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक थियो । प्रदेशमा एमालेका सभामुखबाहेक २४ सदस्य छन् । जसमध्ये खनाल–नेपाल समूहका १७ सांसदले भट्टको पक्षमा मतदान गरे । 

ओली समूहका सात सदस्यले मुख्यमन्त्रीको विपक्षमा मत हालेका थिए । यस प्रदेशमा नेकपा (माओवादी केन्द्र)का १३ सदस्य छन् । १२ प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस भने तटस्थ बस्यो । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई सदस्यले भट्टको विपक्षमा मत हालेको हालेका थिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Warning: file_get_contents(index.php): failed to open stream: No such file or directory in /home/u718335238/domains/samraikhabar.com/public_html/wp-includes/plugin.php on line 452