सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले मंगलवार विश्वासको मत लिने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलवार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन।

आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले आज विश्वासको मत लिन खोजेको तर नेपाली कांग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य मंगलवारका लागि सरेको नेपाली कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले जानकारी दिए।

सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार रहेकोमा एमाले स्थायी कमिटीको बैठकले यही जेठ १० गते समर्थन फिर्ता लिएको थियो ।

प्रदेश संसदीय दलको बैठकले भने समर्थन कायम राख्ने निर्णय गर्दै आफ्ना तर्फबाट मन्त्रीसमेत फेरबदल गरेको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Warning: file_get_contents(index.php): failed to open stream: No such file or directory in /home/u718335238/domains/samraikhabar.com/public_html/wp-includes/plugin.php on line 452