हस्ताक्षर गर्ने सांसदलाई धम्की आउन थालेको नेपाल पक्षको आरोप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद अब निर्णायक मोडमा अग्रसर भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नै पार्टीको सरकारविरुद्ध २७ सांसद लिएर विपक्षी गठबन्धनको कित्तामा उभिएपछि एमाले विभाजनको संघघारमा पुगेको निष्कर्ष निकाल्न थालिएको छ ।

विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदल पनि बिलखबन्दको अवस्थामा पुगेको छ । यसैबीच, नेता माधवकुमार नेपाल समूहले गठबन्धनको पक्षमा उभिएका आफूनिकट सांसदहरूलाई संस्थापन पक्षले धम्क्याउन थालेको आरोप लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरूले राज्यसत्ता दुरुपयोग गर्दै धम्क्याइरहेको, प्रलोभन देखाइरहेको उनीहरूको आरोप छ ।

यस्तै, सुनसरीका सांसद जयकुमार राईले विज्ञप्ति निकालेर आफूले हस्ताक्षर नगरेको बताएकोप्रति पनि नेपाल समूहले आश्चर्य जनाएको छ । “उहाँको हस्ताक्षर प्रयोग नै भएको छैन । हामीले जबर्जस्ती कसैलाई हस्ताक्षर गर भनेका छैनौँ । ओली प्रवृत्तिबाट आजित भएकाहरूको सामूहिक निष्कर्ष पनि हो यो । हामीले सांसदलाई कन्भिन्स गराउने कुरा पनि होइन,” नेपालनिकट एक नेताले भने ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Warning: file_get_contents(index.php): failed to open stream: No such file or directory in /home/u718335238/domains/samraikhabar.com/public_html/wp-includes/plugin.php on line 452