डोटीमा छोराकाे कुटाइबाट बुवाको मृत्यु

 

मंसिर- १२ डोटी डोटीको बोगटान फुड्सिल गाउँपालिकामा छोराले दाउराले टाउकोमा प्रहार गर्दा बुवाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ११ बजेतिर बोगटान फुड्सिल गाउँपालिका–६, गगुडा (डोलागडा) निवासी ५० वर्षीय रणबहादुर चन्दलाई घरायसी विवादका क्रममा आफ्नै छाेरा २३ वर्षीय विकासबहादुर चन्दले दाउराले टाउकोमा प्रहार गरी घाइते बनाएक थिए ।

घाइते चन्दलाई उनकी श्रीमतीले उपचारका लागि दिपायलस्थित सुजङ अस्पताल पुर्‍याएकी थिइन् । अस्पतालले थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएपछि डडेल्धुरा अस्पताल लैजाने क्रममा साँझ करिब ५:३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दले जानकारी दिए ।

मृतकको डडेल्धुरा अस्पतालमा पोस्टमार्टम गरि शव उनकी श्रीमतीले बुझिसकेकी छन् । घटनामा संलग्न रहेको आरोपमा छोरा विकासबहादुर चन्दलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी नायब उपरीक्षक चन्दको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याईएकाे र घटनाकाे थप अनुसन्धान भइरहेकाे बताइएकाे छ ।

 

 

प्रतिकृया दिनुहोस
↑