पेट्रोलमा २ र डिजेलमा ५ रुपैयाँ बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आइतबार साँझ एक विज्ञप्ति जारी गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर समान ५ रुपैयाँले वृद्धि भएको जनाएको छ ।
वृद्धि भएको मूल्य आज राति १२ बजेदेखि लागू हुने छ । लिटरमा २ रुपैयाँ वृद्धि भएपछि पेट्रोलको नयाँ मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) का लागि प्रतिलिटर एक सय ६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग (सुर्खेत र दाङ्का) का लागि एक सय ६६ रुपैयाँ र तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपायल) का लागि एक सय ६७ रुपैयाँ कायम भएको छ ।
लिटरमा ५ रुपैयाँले वृद्धि भएको डिजेल र मट्टितेलको नयाँ मूल्य पहिलो वर्गका लागि एक सय ५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५६ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ५७ रुपैयाँ कायम भएको छ ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।




2023-12-05-08-03-09.jpg)

प्रतिकृया दिनुहोस