सुदूरपश्चिम रोयल्स : क्रिकेट माहौल बनाउन धनगढीमा र्‍याली

धनगढी : नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले क्रिकेट खेलको माहौल बनाउन धनगढीमा सोमबार र्‍यालीको आयोजना गरेको छ । 

 

धनगढीको चौराहदेखि रङ्गशालासम्म आयोजना गरिएको र्‍यालीमा हजारौँ क्रिकेट समर्थकको सहभागिता रहेको थियो । सुदूरपश्चिमले र्‍यालीमा टोलीको मुख्य प्रशिक्षक जगत टमाटा, मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, अमित श्रेष्ठ लगायत खेलाडीलाई पनि सहभागी गराएको थियो ।  

 

सुदूरपश्चिमले एनपीएलका लागि केही दिन धनगढीमै रहेर प्रशिक्षण गर्ने जनाएको छ । एनपीएल मङ्सिर १५ देखि पुस ६ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुँदैछ । 

प्रतिकृया दिनुहोस
↑