डोटीमा जीप दुर्घटना, १ को मृत्यु, ८ जना घाइते, १ को अवस्था गम्भीर

जेठ १८, डोटी: डोटीमा आइतबार जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइते मध्ये थप १ जनाको अवस्था गम्भीर रहेको छ ।
दिपायल बोगटान सडक खण्डमा बोगटान फुड्सील गाउँपालीका बाट दिपायलतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ ज १४६४ नं. को बोलेरो जीप के।आई.सिंह गाउँपालिका वडा नं। ५ को केदार गाउँ नजिकै दुर्घटना भएको हो ।

बिहान ९ बजेर ३५ मिनेटमा दुर्घटनामा परेको जीप मोडमा अनियन्त्रित भई सडकबाट करि १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिका ६ गगुडा बस्ने वर्ष ४२ को मिन बहादुर बमको मृत्यु भएको हो । उनलाई उपचारका क्रममा शैलेश्वरी अस्पताल दिपायल पुर्याइएको तर  ११ बजेर १० मिनेटमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । त्यस्तै बोगटान फुड्सिल गाउँपालिका ६ गगुडाकै अन्दाजी ५० वर्षकी चनादेवी चन्द पनि गम्भीर घाइते भएका छन् । उनको दुवै खुट्टा र कम्मरमा चोट रहेकोे जनाइएको छ ।

त्यस्तै जीप चालक कैलालीको धनगढी उपमहानगरपालिका १८ फुलबारी बस्ने अन्दाजी वर्ष २४ को हरिचन्द्र चौधरी, बोगटान फुड्सिल गाउँपालिका ६ गगुडा बस्ने बर्ष ४० की महेश्वरा देवी चन्द र वर्ष ४२ केर बिर्मादेवी चन्द, सोही गाउँपालिका वडा नम्बर २ चाल्सा बस्ने वर्ष १९ को धन बहादुर बम, के।आई।सिंह गाउँपालिका ४ वायल बस्ने बर्ष ४७ को नरेश प्रसाद जोशी, डडेल्धुराको गन्यापधुरा ३ सकायल बस्ने बर्ष २३ की राधिका देउवा र राधिकाकी बर्ष २ कि छोरी रियान्सा देउवा घाइते भएका छन् ।घाइतेहरुलाई प्रहरी नायब निरिक्षक कृष्ण सिंह ऐरीको कमाण्डमा खटिएको टोलीले उद्दार गरी उपचारको लागी शैलेश्वरी अस्पताल दिपायल पठाएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलको कमान्डमा ७ जनाको टोली परिचालन गरिएको छ ।

प्रतिकृया दिनुहोस
↑