डोटी जिल्ला न्यायाधीवक्ता नरेन्द्र देवकोटाको मन छुने गजल
सुख भनेको के हो ? थाहा छैन मलाई
दुःख भनेको के हो? थाहा छैन मलाई ।
सुखको फल चाख्नै थुप्रै बाँकी छ अँझै
के भनु? दु:खको कथा थाहा छैन मलाई ।
रित्तै जन्मेको रे रित्तै जाने भन्छन् मान्छे
कमाई भनेको के हो? थाहा छैन मलाई ।
काम नगरी खान पाइदैन यत्ति जानेकोछु
यसैले आराम के हो ? थाहा छैन मलाई ।
सके सहयोग गर्ने नसके दु:ख नदिने बाहेक
ठूलो मान्छे भनेको के हो थाहा छैन मलाई ।
धन, पद, घर, सम्मान प्रतिष्ठा बिर्सन सके
मिल्ने आनन्द बाहेक केही थाहा छैन मलाई ।





प्रतिकृया दिनुहोस