दशै तिहारको अवसरमा श्री भैरव प्रसाद गण द्धारा दिपायलमा लिङ्गे पिङ स्थापना

१५ असोज, डोटी । नेपालीहरुको महान चाड बिजया दशमी एवमं शुभ दिपावलिको अवसरमा डोटीको दिपायलमा लिङ्गे पिङ स्थापना गरिएको छ । सिलगढी स्थित नेपाली सेनाको श्री भैरव प्रसाद गणले दिल्पेश्वर विद्यालय नजीक लिङ्गे पिङ राखेको हो ।

 

समाजमा रहेका कला, संस्कृति र चालचलन लोप हुने अवस्थामा पुगेको र त्यसलाई जोगाउन र पवद्र्धन गर्न सबैको कर्तब्य हुने भन्दै लिङ्गे लिङ स्थापना गरिएको श्री भैरव प्रसाद गणका गणपति जनमत बहादुर कार्किले वताए । यसै विच भैरव प्रसाद गणले सिलगढी स्थित टुडीखेलमा पनि लिङ्गे पिङ स्थापना गरि सञ्चालनमा रहेको छ ।

\"\"

लिङ्गे पिङ खेल्न स्थानीयहरु सिलगढीको टुडीखेर र दिपायलको दिल्पेश्वर विद्यालयमा नजिक पुग्ने गरेका छन् । वर्षमा एक पटक भुइँ छोडनु पर्ने नेपाली परम्परा अनुसार पिङ केल्ने प्रचलन समाजमा रहदै आएको छ ।

 

भैरव प्रसाद गणले जिल्लामा विभिन्न खेलकुद प्रतियोगीता, सांगीतीक कार्यक्रमका साथै कला, साहित्य र संस्कृती जोगाउने किसीमका कामहरु गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस
↑