बालमैत्री स्थानिय शासन नगर समिति गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

रश्मि कुवँर/डोटी : दिपायल सिलगढी नगरपालिकामा बालमैत्री स्थानिय शासन नगर समिति गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल, निड्स नेपालको समन्वय तथा दिपायल सिलगढी नगरपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो  ।

बालमैत्री स्थानीय शासन लागु गर्न बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत विकास मूल विषय रहने गरी ५१ ओटा सूचकहरू आवश्यक पर्दछन् । आधारभूत सूचकहरूमा बालमैत्री वडा घोषणाका लागि कम्तीमा ८० प्रतिशत र स्थानीय तह घोषणा गर्न प्रत्येक सूचकका लागि तोकिएको अङ्कको आधारमा ८० प्रतिशत वा सो भन्दा बढी पुरा गरेको हुनुपर्ने व्यवस्था रहेको छ । बालमैत्री स्थानिय शासन घोषणाकालागि आवश्यक निति प्राब्धानको बारेमा दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले प्रस्तुति राखेका थिए । 
सन २०३० भित्र देशलाई नै बालमैत्री स्थानीय शासन घोषणा गर्ने सरकारको लक्ष्य रहेको छ । सोही अनुसार अभिमुखिकरण कार्यक्रम गरिएको निड्स नेपालका कार्यक्रम अधिकृत दिर्घराज ओझाले बताए । कार्यक्रमका सहभागीहरुले नगरपालिकामा छिट्टै बालमैत्री स्थानिय शासन लागु गर्ने प्रतिबद्धता जनाएका छन् । साथै नगरप्रमुखको संयोजगत्वमा बालमैत्री स्थानिय शासन नगर समिति गठन गरीएको छ । कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो 

 

प्रतिकृया दिनुहोस
↑