उत्पादक कृषक तथा व्यावसायीहरु संग प्लाण्ट क्वारेन्टाइन सम्वन्धी अतिरक्रिया गोष्ठी सम्पन्न
डोटी : उत्पादन थलोका उत्पादक कृषक तथा व्यावसायी हरु संग प्लाण्ट क्वारेन्टाइन सम्वन्धी एक दिवसीय सचेतना मुलक अतिरक्रिया गोष्ठी सिलगढीमा बिहीबार सिलगढीमा सम्पन्न भएको छ।
नेपाल सरकार कृषि तथा पशुपंछी विकास मन्त्रालय प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यावस्थापन केन्द्र क्वारेन्टाइन कार्यालय गड्डाचौकी कन्चनपुर को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।स्वदेशमा आयात हुने बिभिन्न कृषिजन्य खाद्यपदार्थ,तरकारी लगायतका वस्तुबाट बिभिन्न रोग नेपालमा आउन नदिन साथै नियन्त्रण र छानबिन गरी जैबिक सुरक्षाको लागी क्वारेन्टाइन कार्यालय गड्डाचौकी कन्चनपुर लगायत संघको मातहतमा रहि बिभिन्न कार्यलयले नाकामा काम गरिरहेको क्वारेन्टाइन कार्यालय कन्चनपुरका वरिष्ठ वाली संरक्षण अधिकृत कोमल शाहीले वताउनुभएको हो ।
अन्तरक्रिया गोष्ठीमा डोटी जिल्लाका ९ वटै स्थानिय तहमा कृषि प्रविधिको रुपमा कार्यरत कृषि प्राविधिक,उद्योग वाणिज्य संघ,उत्पादक कृषक, सहकारी संचालक, लगायतको सहभागिता रहेको थियो।गोष्ठीको अध्यक्षता क्वारेन्टाइन कार्यालय कन्चनपुरका वरिष्ठ वाली संरक्षण अधिकृत कोमल शाहीले गर्नु भएको थियो भने प्रमुख अतिथी डीभिजन वन कार्यालय सिलगढीका अधिकृत गोकुल रिजाल, बिशिष्ट अतिथि कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थी रहनुभएको थियो भने गोष्ठीमा क्वारेन्टाइन कार्यालय कन्चनपुरका वरिष्ठ वाली संरक्षण अधिकृत कोमल शाहीले सहजिकरण गर्नुभएको थियो।




प्रतिकृया दिनुहोस