अन्तिम पालीकाको रुपमा पुर्वीचौकी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा : जिल्ला घोषणाको तयारी
रश्मि कुँवर, ५ असार, डोटी : डोटीको पुर्वीचौकी गाउँपालिकाका जिल्लाको अन्तिम पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । यस वर्ष पनि पालीकामा रहेका ७ वटै वडाका ५९ महिना मुनीका पालिकामा सेवा क्षेत्र भित्रका सम्पूर्ण बालबालिकालाई सबै प्रकारका खोप पाए पछि पालिकालाई बिहिवार एक कार्यक्रमका विच पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले पुर्वीचौकी गाउँपालिका खोप समन्वय समितिका अध्यक्ष राम प्रसाद उपाध्यायलाई खोप सुनिश्चितता तथा दिगोपना भएको प्रमाणपत्र हस्तान्तरण गर्दै पालिकालाई घोषणा गरिएको छ ।
सरकारले खोप कार्यक्रमलाई प्राथमीकता साथ अगाडी बढाइरहेको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बतायका छन् । प्रमुख सिंहले सरकारले खोपलाई प्राथमिकतामा राखेकोले यस लाइ सफल बनाउन स्वास्थ्यकर्मीले खेल्नु भएको भूमिका प्रति धन्यवाद व्यक्त गर्नु भयो । गाउँपालीकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ योजना तथा निती निमार्ण गर्दै आएको गाउँपालिका अध्यक्ष राम प्रसाद उपाध्यायले बताएका छन् । स्वास्थ्यका क्षेत्रमा आफु सुरु देखी देखि निरन्तर लागी रहेको समेत उपाध्यायले वताएका छन् । उक्त घोषणा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी, स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासी, स्वास्थ्य चौकीका प्रमुख, सामुदायिक स्वास्थ्य इकाईका प्रमुख, स्वास्थ्यकर्मी, लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमको अवसरमा खोप कार्यक्रमलाई प्रभावकारी बनाउन भूमिका खेल्ने स्वास्थ्य संस्थालाईस्वास्थ्य चौकीका प्रमुख, सामुदायिक स्वास्थ्य इकाईका प्रमुख, स्वास्थ्यकर्मी, लगायतलाई सम्मान गरिएको छ । यसै विच डोटीका ९ ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भैसकेको हुदा १० गते भित्र जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने तयारी भैरहेको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले सम्राई खबरलाई जानकारी दिनु भयो ।




प्रतिकृया दिनुहोस