नेपाली काँग्रेस डोटीले मोटरसाइकल र्याली गर्दै
नेपाली काँग्रेस डोटीले आज मोटरसाइकल र्याली आयोजना गर्ने भएको छ । पार्टीभित्रको आन्तरीक एकताको बलीयो सन्देश दिने उद्धेश्यले र्याली आयोजना गर्न लागिएको काँग्रेसले जानकारी दिए । मोटरसाइकल र्यालीमा करिव दुई साय जना भन्दा वढीको सहभागीता रहने नेपाली तरुणदल डोटीका अध्यक्ष टेक बहादुर रावलले जानकारी दिनु भयो ।
काँग्रेस निकट नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ तथा अन्य भातृ संगठनहरुको संयुक्त आयोजनामा र्याली निकालिने वताइएको छ । जिल्लाको शिखर, बडिकेदार र जोरायलबाट सहभागिता जनाउन शिखर नगरपालिकाको गहनान मोडमा दिउँसो ठिक १ बजे जम्मा हुन भनिएको छ ।
त्यस्तै दिपायल सिलगढी, पुर्विचौकी, आदर्श, सायल, केआईसिंह र बोगटानबाट सहभागिता जनाउन दिउँसो ठिक १२ः३० बजे पिपल्ला बजारमा जम्मा हुन सूचनामा उल्लेख गरिएको छ ।
दिउँसो सवा १ बजे कोराल खोलादेखि शुरु गरी सिलगढीसम्म पुगेर कोणसभा आयोजना गरिने जनाइएको छ ।
उम्मेदवारहरु र राजनीतिक दलले कार्यक्रम जिल्ला प्रशासनबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था अनुसार जिल्ला प्रशासनको निर्वाचन सेलले स्वीकृति प्रदान गरिसकेको छ ।





प्रतिकृया दिनुहोस