डोटेली जनताको शिर झुक्न दिने छैन : काँग्रेस उमेदवार खड्का

 

नेपाली काँग्रेस डोटीका उमेद्वार भरत बहादुर खड्काले डोटेली जनताको शिर झुक्ने काम नगर्ने वताएका छन् । बुधवार रेडियो डोटीको निर्वाचन विषेश कार्यक्रममा खड्काले उक्त कुरा वताएका हन् । 


आफुले विगतमा पनि डोटी र डोटेली जनताको शिर निहुराउने काम नगरेको र आगामी दिनमा पनि कुनै पनि किसिम वाटा डोटेली जनताको अपमान हुने गतिविधी नगर्ने वताएका हुन् । सदैव डोटीले मतदाताको सम्मान राख्ने समेत उल्लेख गरे ।


कार्यक्रम प्रश्तोताको प्रश्नमा खड्काले धनगढी—दिपाल—सायल फाष्ट्रयाक, सहजपुर—वोगटान—दिपायल सडक, दिपायल एरपोर्ट, पश्चिम सेती, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता कामहरु आफ्नो प्राथमीकतामा रहेको वताएका हुन् ।


यसै विच खड्काले आफु पदमा रहदा वा नरहदा डोटीको समग्र विकासका लागी पहल कदमी गरिरहने वताएका छन् । खड्काले सहयोगका लागी सम्पुर्णमा अपिल समेत गरेका छन् ।


रेडियो डोटीले चुनाव अवधि भरका लागी निर्वाचन विशेष कार्यक्रम संचालन गरेको छ ।
 

प्रतिकृया दिनुहोस
↑