शिविरको तेश्रो दिन आर्दशमा १४ जनाको बन्ध्याकरण
८ फागुन, रश्मि कुँवर, डोटी । डोटीमा जारि परिवार नियोजन सम्बन्धी स्थायी बन्ध्याकरण शिविरको तेश्रो दिन आज आर्दश गाउपालीकामा १४ जनाले स्थायी बन्ध्याकरण सेवा लिएका छन् । सन्तानको रहर पुगीसकेका ३ पुरुष र ११ महिला गरी १४ जनाले सेवा लीएको आदर्श गाउपालीका उपाध्यक्ष लक्ष्मी धामी रोकायाले जानकारी दिनु भयो ।
यसै विच शिबिरमा सहभागी १४ जना सेवाग्राहीलाइ गाउपालीका वाट न्यानो कपडा स्वरुप बल्याङकेट वितरण गरिएको छ । यस्तै पालीकाले शिविरमा सहभागी सवैलाइ खाजा तथा यातायातको समेत ब्यवस्था गरेको उपाध्यक्ष रोकायाले वताउनु भयो ।
नेपाल परिवार नियोजन सघं कैलाली र स्वास्थ्य कार्यालय डोटीको संयुक्त आयोजनामा जिल्लामा आइतबार बाट शिविर सुरु भएको हो । महिलाका लागि मिनील्याप र पुुरुषहरुका लागि भ्यासेक्टोमी सेवासहितको स्थायी बन्ध्याकरण शिविरमा सोमबार दुर्गामान्डौ स्वास्थ्य चौकिमा १० जनाले सेवा लीएका थिए ।
आइतबार चवराचौतारा स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा ६ जना महिला र ६ जना पुरुष गरी १२ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश मलासीले बताए ।
प्रमुख मलासीका अनुसार ९ गते जिल्ला अस्पताल डोटीमा बन्ध्याकरण शिविर सञ्चालन हुने छ । स्वास्थ्य कार्यालय डोटीले सन्तानको रहर पुगीसकेका दम्पतीहरुका लागी हरेक बर्ष स्थायी बन्ध्याकरण शिविरको आयोजना गर्दै आएको छ ।




प्रतिकृया दिनुहोस