भागरथी एकेडमीका प्रिन्सिपल मलासी राष्ट्रिय शिक्षा पुरस्कार वाट पुरस्कृत

 

रश्मि कुँवर, २०८१ असोज ४ डोटी । भागरथी एकेडमी सिलगढीका प्रिन्सिपल हेमराज मलासी राष्ट्रिय शिक्षा पुरस्कार वाट पुरस्कृत भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गरेको छ ।  

 

भदौ ३१ गते बसेको मन्त्रीस्तरीय बैठकले पदक तथा विभूषणको छनोट गरेको हो । यस वर्षको शिक्षा दिवसका अवसरमा डोटी जिल्लाको उत्कृष्ट निजी विद्यालय तर्फ उक्त पुरस्कार डोटीको दिपायल सिलगढी नगरपालीका ५ जिरोप्वाइन्टमा अवस्थित भागरथी एकेडमीका प्रिन्सिपल मलासीले प्राप्त गरेका हुन् । 


प्राप्त पुरस्कारले आफुलाई काम गर्ने थप हौसला प्राप्त भएको वताउदै प्रिन्सिपल मलासीले नेपाल सरकारलाई धन्यवाद समेत ज्ञापन गरेका छन् । सथै आगामी दिनको निजी क्षेत्र वाट शिक्षाको विकासका लागी आफु लागी पर्ने वताएका छन् ।
 

प्रतिकृया दिनुहोस
↑