जिनियस इन्टरनेशनल ऐकेडेमीको श्रीपंञ्चमी तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न
रश्मि कुँवर, १० माघ, डोटी । जिनियस इन्टरनेशनल ऐकेडेमी स्कुल सिलगढी डोटीले भब्य कार्यक्रमको आयोजना गरेर ‘श्रीपंञ्चमी’ तथा अक्षरारम्भ समारोह शुक्रवार सम्पन्न गरेको छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना सहित वसन्त श्रवण गरेर मनाइन्छ ।
यसै अवसरमा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले शिक्षामा महत्वपूर्ण कुरा चाहिँ लगानी भएकाले लगानी गरेर सबैको घर सम्म शिक्षा पुगाउनु पर्छ भन्ने उदश्यले स्कुल स्थापना गरेको प्रती धन्यबाद ब्यक्त गर्दै ब्यवस्थापनको प्रशंसा गर्नु भयोे ।
यस्तै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्का विजयले आधुनिक शिक्षा प्रदान गर्ने उदेश्यका साथ स्कुल स्थापना गरेको प्रति संस्थाका संचालक तथा विद्यालय परिवारलाई हार्दीक धन्यवाद ब्यक्त गर्नु भयो ।
यस्तै विद्यालयका प्रिन्सीपल कृष्ण कुमार खड्काले प्राईभेट क्षेत्र वाट स्कुल संचालन गर्न निकै चुनौती पुर्ण अवस्था रहेको र स्कुललाई यहा सम्म ल्याउन सहयोग गर्ने सम्पुर्ण अभिभावक, कार्यरत कर्मचारी र विद्यार्थीलाई हार्दीक धन्यवाद ज्ञापन गर्नु भयो । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व शुक्रवार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइनुका साथै यो पर्वमा साना–साना नानीवाबुहरुलाई अक्षरारम्भ गराइने परम्परा छ ।
सरस्वतीको पूजागरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । यहि विश्वासका साथ यस विद्यालयले सरस्वती पूजाका साथै अक्षरारम्भ कार्यक्रम सम्पन्न गरेको हो । यस अवसरमा विद्यालयमा सरस्वतीको पूजा गर्नुका साथै विभिन्न साँस्कृतिक प्रस्तुतीहरु प्रदर्शन र अभिभावकहरुका लागी म्युजिकल चियर जस्ता कार्यक्रम पनि आयोजना गरेको हो । कक्षा आठमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको छ ।




2024-09-20-08-31-09.jpg)
प्रतिकृया दिनुहोस