एसइईको नतिजा सार्वजनिक

 

 

माध्यमिक परीक्षा (एसइई)-२०८१ को नतिजा सार्वजनिक भएको छ। शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले शुक्रबार साँझ नतिजा सार्वजनिक गरेको हो। नियमित परीक्षामा ४ लाख ३८ हजार ८ सय ९६ जना विद्यार्थीमध्ये ४८ हजार १ सय ७७ ले ३.६ देखि ४ जिपिए ल्याएका छन्। ३.२ देखि ३.६ जिपिए ल्याउने परीक्षार्थीको संख्या ८१ हजार ३ सय ८५ जना रहेको परीक्षा बोर्डले जनाएको छ।

यस्तै, ८९ हजार १ सय २४ जनाले २.८ देखि ३.२ जिपिए ल्याएका छन् भने २.४ देखि २.८ जिपिए ल्याउने परीक्षार्थीको संख्या ४८ हजार ४ सय ७९ रहेको बोर्डले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो। २ देखि २.४ जिपिए ४ हजार १ सय २६ जना परीक्षार्थीले ल्याएका छन्। त्यसैगरी ८ जनाले १.६ देखि २ जिपिए ल्याएका छन्। १ सय २६ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ। 

एसइई गत चैतमा भएको थियो। परीक्षार्थीले बोर्डको वेबसाइट https://www.neb.gov.np/ बाट  एसइईको नतिजा हेर्न सक्छन्। यस्तै, ल्यान्डलाइन वा मोबाइल फोनबाट १६०० डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर राखेर पनि हेर्न सकिन्छ।

प्रतिकृया दिनुहोस
↑